आइइसी डिजाइनर रनवेमा र्‍याम्प वाक गर्दै मोडल नीति शाह 

रुकेश श्रेष्ठ     १८ चैत २०८०, आइतबार
आइइसी डिजाइनर रनवेमा र्‍याम्प वाक गर्दै मोडल नीति शाह 


काठमाडौँ– १३ औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ शनिबार सम्पन्न भएको छ । आयोजित शोमा जेन दीपिका गारेट, प्रियंका कार्की, नीति शाह, अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंकारानी जोशी, समर्पणजंग कार्कीले र्‍याम्पवाक गरे ।

शो(टपरको रुपमा उनीहरु आगामी सिजनको कलेक्सनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् । भारत रुस, सर्विया लगायत मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको सहभागिता थियो । २६ मोडलले नयाँ र आकर्षक डिजाइन प्रस्तुत गरेका थिए ।

यतिन नरेन्द्र गान्धीको कोरियोग्राफीमा शो आयोजना भएको थियो । शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक पहिरनलाई १५ सिक्वेलमा मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको बताइन् ।

प्रतिक्रिया