बागमती गोल्डकपको तयारी पूरा

राम्रो अनलाइन     १२ चैत २०७७, बिहिबार
बागमती गोल्डकपको तयारी पूरा

हेटौंडा : चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाको तयारी पूरा भएको छ । चैत्र १३ शनिबारबाट सुरु हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम, बागमती खेलकुद विकास समिति र नव जनजागृती युवा क्लब सिमरा भिड्नेछन् । 

गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन  रुट् एसोसिएसन, क्याम्रुन सहभागी छन् । 

बागमती गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा प्रतियोगिता गरिनेछ । फाइनल खेल चैत्र २३ गते हुनेछ ।


खेलको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । 
 
 

प्रतिक्रिया