‘सिड्नी ब्लुज’ मा पुष्प र अञ्जना 

राम्रो अनलाइन     ०४ चैत २०८०, आइतबार
‘सिड्नी ब्लुज’ मा पुष्प र अञ्जना 


अभिनेता पुष्प खड्का र अभिनेत्री अञ्जना बराइली नयाँ फिल्ममा अनुबन्धित भएका छन्। उनीहरू शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सिड्नी ब्लुज’मा अनुबन्धित भएका हुन्। शुक्रबार निर्माण टिम र उनीहरूबीच कागजी सम्झौता भएको हो।  हाल प्रि–प्रोडक्सनमा रहेको फिल्ममा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर ठकुरीलगायत कलाकारको अभिनय रहनेछ। 

यो फिल्म २०२४ जुनदेखि छायांकनमा जाने बताइएको छ। फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए। 

फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ। फिल्मको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन्। सुसन प्रजापतिले छायांकन गर्ने फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन्। आर्ट मुभिजको प्रस्तुतिमा डिमिडियाले बनाउने फिल्मकी निर्माता आरती शाही हुन्। तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन्।


 

प्रतिक्रिया