माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन प्रकरणमा कारबाही गर्न गृहको निर्देशन 

राम्रो अनलाइन     ०४ चैत २०८०, आइतबार
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन प्रकरणमा कारबाही गर्न गृहको निर्देशन 


काठमाडौँ– सुन तस्करीमा संलग्नता देखिएको भन्दै जाँचबुझ आयोगले सिफारिस गरे अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

छलफलमा गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । 

प्रतिक्रिया