मनकामना केबुलकार भोलि (बिहीबार) बन्द हुने

राम्रो अनलाइन     ११ चैत २०७७, बुधबार
मनकामना केबुलकार भोलि (बिहीबार) बन्द हुने

काठमाडौँ । मनकामना केबुलकार सेवा बिहीबार बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने केबुलकार व्यवस्थापनले जनाएको छ । 

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार  बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले  जानकारी दिए । उनका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् । 

कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी  मनकामना मन्दिर पुग्ने गर्छन् ।  

प्रतिक्रिया