प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिनुस्, नत्र अल्पमतको सरकार बन्छ : ओली

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिनुस्, नत्र अल्पमतको सरकार बन्छ : ओली

 

 काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् ।

उनले भने, ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ ।’

उनले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पनि निर्देशन दिए । विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको उनको भनाइ छ ।

 ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो', उनले भने ।

प्रतिक्रिया