काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन ‘ह्विप’ जारी गरेको छ। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।
विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाले लिएको छ। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्।