प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

राम्रो अनलाइन     २८ फागुन २०८०, सोमबार
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई  ह्विप जारी गरेको छ ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले एक सूचना जारी गर्दै फागुन ३० गते प्रधानमन्त्रीको विश्वासको मत लिने दिन संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन्।

२१ फागुनमा गठबन्धन फेरेर नयाँ सत्ता समीकरण तय गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । ‘फागुन ३० गतेको दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न अनुरोध गरिन्छ,’ प्रमुख सचेतक लेखकले जारी गरेको सूचनामा भनिएको छ ।

कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन बनेको छ । गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।

प्रतिक्रिया