काठमाडौँ– सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो। आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।
रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरुमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।