काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाउदै बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दा उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने ‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’
‘म सोझो भाषामा भन्न चाहन्छु राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो,’ प्रधानमन्त्री दाहालले भने। उनले राजनीतिमा केही आशंका भएपछि अहिलेको अवस्था आइपरेको बताएका थिए। गत सोमबार उनले कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।