कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

राम्रो अनलाइन     २२ फागुन २०८०, मङ्गलबार
कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली–  कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाएका हुन् । 

राजनीमा बुझाउनुअघि उनीहरुले पत्रकार सम्मेलन गरेका थिए । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताए। ‘काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ’, उनले भने । 

सो अवसरमा उनहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गरे । उनीहरुले प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गरे ।
 

प्रतिक्रिया