संसद बैठक फागुन २४ सम्मका लागि स्थगित

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
संसद बैठक फागुन  २४ सम्मका लागि स्थगित

काठमाडौं – संसद बैठक फागुन २४ गते सम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो । त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ । तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।
 

प्रतिक्रिया