प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।  नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने तथा जसपाका अध्यक्ष उपेन्द्र यादव बिच नयाँ समझदारी अनुसार अघि बढ्ने सहमति भएको नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया