काठमाडौं– राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
संघीय संसद भवन परिसर पुगेर प्रदर्शन गरेका लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको थियो। उनले सरकारले कुरा नसुनेपछि लघुवित्त पीडित संसद भवन परिसरमै प्रदर्शनमा उत्रनु परेको पनि बताइन्। ‘प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई निस्शर्त रिहा गर्नुपर्छ,’ उनले भनिन्।
उनले भनिन्, ‘छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस् ।’ गत फागुन १४ गते लघुवित्त पीडितहरूले नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा प्रदर्शन गरेका थिए।