बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     १७ फागुन २०८०, बिहिबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ–  बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ बढेको हो।

बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

प्रतिक्रिया