‘सरकारले मिटरब्याज र लघुवित्त पीडितको विषयमा सम्बोधन गरेन भने राप्रपाले संसद अवरुद्ध गर्छ’

राम्रो अनलाइन     १४ फागुन २०८०, सोमबार
‘सरकारले मिटरब्याज र लघुवित्त पीडितको विषयमा सम्बोधन गरेन भने राप्रपाले संसद अवरुद्ध गर्छ’

काठमाडौँ–  राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताए ।

तर यस विषयमा सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको भन्दै उनले भने, ‘सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्छ ।’

उनले भने, ‘संख्यामा कम भएका कारण यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर यो समस्यामा राप्रपा संसद र सडक अब दुवैतर्फ उभिन्छ ।’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा सरकार भएको बेला सर्वहारावर्गको अवस्था के छ भन्ने भृकुटीमण्डप र सिफलमा देखिन्छ ।’

प्रतिक्रिया