काठमाडौँ– नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले फागुन ६ गतेदेखि विषय उठाउँदै आएको भएता पनि सरकारले जवाफ नदिएको भन्दै सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ ।
त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।