नेदरल्याण्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
नेदरल्याण्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल  एक सय ७२ रनमा अलआउट भएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रनको योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै  करण केसीले २६ रन बनाउदा  आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच  रन बनाए । 

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/ तीन  विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
 

प्रतिक्रिया