नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

राम्रो अनलाइन     ११ फागुन २०८०, शुक्रबार
नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

काठमाडौँ– आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो । 

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन् । त्यस्तै मलान क्रुगरले ३९ रन जोडे । ज्यान फ्राइलिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए । कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे । 

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान समान दुईरदुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एकरएक विकेट लिए ।  
 

प्रतिक्रिया