बारा- बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार बिहान साढे ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ आधाभार जंगलमा ट्रक र गाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा एकजना भारतीय नागरिक सहित २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ९ कोल्नी बस्ने ३० वर्षीय सुजन मगराती र भारतीय नागरिक २८ वर्षीय चन्दन चौहानको मृत्यु भएको हो। उनीहरू दुबै जनाको उपचारको क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो।
यस्तै, दुर्घटनाबाट गाडीमा सवार तीन जना भारतीय नागरिक घाइते छन्। २२ वर्षीय राहुल चौधरी, १७ वर्षीय सुदिप चौहान र १९ वर्षीय रामलखन चौहान छन्।