काठमाडौं– काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् ।
प्रारम्भिक अनुन्धानमा उनीहरुको हत्या भएको ‘आशंका’ गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।