काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको जानकारी दिए ।
विभाग प्रमुख गौतमका अनुुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।