वीरगञ्जमा कर्फ्यु जारी, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

राम्रो अनलाइन     ०८ फागुन २०८०, मङ्गलबार
वीरगञ्जमा कर्फ्यु जारी, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेको छ । आज बिहान ६ बजे देखि १० बजेसम्म खुकलो बनाइएपनि पुन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही ठाउँमा सोमबार साँझ देखि जारी गरेको कर्फ्यु  आदेश जारी राखेको थियो ।

रौतहटमा सरस्वतीको मूर्ती सेलाउने विषयमा भएको विवादको विरोधमा पर्सामा पनि प्रदर्शन भएको थियो । सोहि कारण प्रशासनले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो  । प्रमुख जिल्ला अधिकारीका अनुसार आज सर्वपक्षीय छलफलपछि मात्रै कर्फ्यु हटाउने वा बढाउने बारेमा थप निर्णय हुनेछ । 

प्रतिक्रिया