१२ राससकर्मीलाई ‘दीर्घ सेवा पदक’

रासस     ०७ फागुन २०७७, शुक्रबार
१२ राससकर्मीलाई ‘दीर्घ सेवा पदक’

राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ । रासस हीरक वर्षका अवसरमा यहाँ आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो पदक प्रदान गरे । 
    
कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल तथा कार्यकारी सम्पादक कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत, दिलीप अधिकारी र शीतलप्रसाद महतो, वाग्मती प्रदेश प्रमुख सुरेशकुमार झा, उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारी, वरिष्ठ समाचारदाता हिमांशुकुमार चौधरी, प्रभाषचन्द्र झा, राजाराम कार्की र विष्णुप्रसाद नेपालले ती पदक प्राप्त गरे ।
 

प्रतिक्रिया