भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्भे हुने

राम्रो अनलाइन     ०५ फागुन २०८०, शनिबार
भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्भे हुने

चितवन – चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ ।

विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाले जनाएको छ । सर्भे आगामी सोमबारबाट सुरु गरी एक हप्ताभित्र सक्ने गरी काम थालिने छ ।

समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ । सर्भेको रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ ।

प्रतिक्रिया