विराटनगर– बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिंदै बोक्सी आरोपमा मलमूत्र खुवाएका हुन् ।
बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ ।