बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ०४ फागुन २०८०, शुक्रबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आज (शुक्रबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १३७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १४१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया