यस्तो छ आजको मौसम

राम्रो अनलाइन     २६ माघ २०८०, शुक्रबार
यस्तो छ आजको मौसम

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका धेरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाउको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना  छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

प्रतिक्रिया