आईडी सम्मेलन नेपालमा हुने

राम्रो अनलाइन     २५ माघ २०८०, बिहिबार
आईडी सम्मेलन नेपालमा हुने

काठमाडौँ–  विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने भएको छ । २०८० असारमा नेपालमा हालसम्मकै सबै भन्दा ठूलो विश्व सम्मेलन हुन लागेको हो । 

लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए । यो अहिलेसम्म नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनको भनाइ छ ।

बैठकमा अर्थमन्त्री डा। महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको समेत बताए । उनले गम्भीर भएर परियोजनाको तयारी गर्न समेत निर्देशन दिए ।

‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने ।

प्रतिक्रिया