काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू सहभागी छन्।
आगामी २० फागुनबाट सकिँदै गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल र आगामी राष्ट्रियसभाको अध्यक्ष टुंगो लगाउने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।