पियाजियोेको अप्रिला एसएक्सआर १६० नेपाली बजारमा

राम्रो अनलाइन     २७ फागुन २०७७, बिहिबार
पियाजियोेको अप्रिला एसएक्सआर १६० नेपाली बजारमा

एमभी दुगड ग्रूपले नेपाली बजारमा अप्रिला एसएक्सआर १६० बिक्रीको घोषणा गरेको छ । अप्रिलिया नयाँ डिजाइनमा उत्पादन गरिएको पहिलो स्कुटर रहेको कम्पनीले बताएको छ ।

कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट  विजय महतोले स्कुटर सार्वजनिक गरे ।

एकल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड प्रविधि जडान गरिएको अप्रिला एसएक्सआर १६० ले ७१०० आरपीएममा ११ पीएसको पिक पावर उत्पादन गर्दछ । अप्रिला एसएक्सआर १६० मा लामो, आरामदायी सिट रहेको कम्पनीले बताएको । अप्रिला एसएक्सआर १६० सात लिटर इन्धन क्षमताको छ ।

कार्यक्रममा पियाजिओ भारतका अध्यक्ष एवं प्रबन्ध निर्देशक ग्राफीले अप्रिला एसएक्सआर १६० नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले पियाजियोसँग साझेदारी गर्दै यसअघि भेस्पा र अप्रिला उत्पादन बिक्री वितरण गर्दै आइरहेकामा पछिल्लो स्कुटर पनि युवामाझ लोकप्रिय हुने बताए । कम्पनीले नेपालभर थ्रीएस सुविधासहित ३६ वटा सोरुमबाट भेस्पा र अप्रिला स्कुटर बिक्री गरिँदै आएको जनाएको छ ।

अप्रिला एसएक्सआर १६० मा एचडी बडी पेन्ट फिनिस, अप्रिलिया फिचर ग्राफिक्स, डार्क क्रोम एलिमेन्ट्ससहित उपलब्ध गराइएको छ । एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) को अप्रिला एसएक्सआर १६० मा भेन्टिलेटेड डिस्क ब्रेक र हाइड्रोलिक ब्रेक सुविधा छ । ग्लसी रेड, म्याट नीलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगमा नेपाली बजारमा उपलब्ध प्रिमियम स्कुटरको बजार मूल्य ४०९९०० रुपैयाँ पर्छ ।

facebook sharing button

twitter sharing button

sharethis sharing button

प्रतिक्रिया