६ महिनामा भित्रियो ७ खर्ब बढी रेमिट्यान्स

राम्रो अनलाइन     २३ माघ २०८०, मङ्गलबार
६ महिनामा भित्रियो ७ खर्ब बढी रेमिट्यान्स

काठमाडौं–  चालु आर्थिक वर्षको ६ महिनासम्ममा ७ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार ७ अर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन मंगलबार सार्वनिक गर्दै विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई  ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको जनाएको छ ।

गत वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३।९ प्रतिशतले बढेको थियो ।

यही छ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२हजार ५४८ रहेको थियो ।

प्रतिक्रिया