जनकपुरधाम – सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन् ।
कार्यालय सहयोगी घिमिरे सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा थिए । नापी कार्यालय मलंगवाका कर्मचारी सवार बी.आर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सोमबार राति ८ बजे नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका १० गम्हरियामा उखु बोकेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका छन् । उनीहरुको उपचार कलैयाको एलेक्स हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ ।