आरती साहका आमा र भाइ प्रहरीको नियन्त्रणमा

राम्रो अनलाइन     २२ माघ २०८०, सोमबार
 आरती साहका आमा र भाइ प्रहरीको नियन्त्रणमा

काठमाडौँ– सोमबार दिउँसो सिंहदरबार प्रवेश गर्न खोजेका आरती साहको आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। उनीहरूले गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जाने बताएका थिए। 

उनीहरूले आफूहरूसँग पास भएको त्यैपनि प्रहरीले भित्र जान नदिएको दाबी गरेका छन्। प्रहरीले भने मन्त्रालयमा समन्वय गर्नुपर्ने हुनाले केहीबेर कुर्न भनेपछि विरोध गर्न थालेको बताएको छ। अहिले दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।

प्रतिक्रिया