परिवर्तनलाई संस्थागत गर्न दलहरु लाग्नुपर्ने

राम्रो अनलाइन     २१ माघ २०८०, आइतबार
परिवर्तनलाई संस्थागत गर्न दलहरु लाग्नुपर्ने


काठमाडौँ–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सहिदको अपेक्षाबमोजिम राजनीतिक आन्दोलन सफल बनाए पनि त्यसबाट नागरिकको जीवनमा परिवर्तन गर्ने सन्दर्भमा राजनीतिक दल चुकेका बताएका छन्।

मदन भण्डारी बौद्धिक मञ्च नेपालले शहीद दिवसका अवसरमा आज आयोजना गरेको ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रममा उनले दलहरु राजनीतिक परिवर्तनका लागि अग्रपङ्क्तिमा रहे पनि त्यसलाई संस्थागत गर्न चुकेका बताए।

कार्यक्रममा वक्ताहरुले शहीदको सपनालाई साकार पार्न जनताका अपेक्षाबमोजिम राजनीतिक नेतृत्वले काम गर्न नसकेको बताए । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले शहीदका नाममा दलीय र स्वार्थको राजनीति गर्नु वाञ्छनीय नहुने बताउँदै विद्यमान नेतृत्वले आफूले काम गर्न नसकेमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
 
त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायका पूर्वडिन डा त्रिरत्न मानन्धरले पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँ पुस्ताले जिम्मेवारी लिन तत्पर हुनुपर्नेमा बताए।

प्रतिक्रिया