काठमाडौँ–गायिका बबिना भट्टराईले ‘पिरतिको गीत’ नयाँ गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी गायिका बबिना एक दशकभन्दा लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय छिन्।
हरिराम पौडेलको शब्दमा गायिका भट्टराईको स्वरसँगै संगीत पनि गरेकी छिन् । गीत बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत हेर्न सकिन्छ । उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् ।