संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

राम्रो अनलाइन     १७ माघ २०८०, बुधबार
संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला


चितवन–नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन्। आज पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए । उनले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।’ उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए। उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए । 

प्रतिक्रिया