गभर्नर अधिकारी विरुद्धको रीट आजका लागि स्थगित

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
गभर्नर  अधिकारी विरुद्धको रीट आजका लागि स्थगित

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिरूद्धको रीट आजको लागि स्थगित भएको छ । यसअघि माघ ९ गते उक्त रीट हेर्न नभ्याइने सूचीमा परेको थियो ।

अधिवक्ता दीपकराज जोशीसहितले दायर गरेको मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो । तर, आज सो पेशी स्थगनमा परेको सर्वोच्च अदालतले जनाएको छ । पुस १२ गते दायर रिटमा १३ पुसमा सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयसँग जवाफ माग गरेर पूर्ण सुनुवाइका लागि माघ ९ गतेको पेशी तोकिएको थियो ।

सीए उत्तीर्ण गभर्नरको शैक्षिक योग्यतामाथि बेलाबेला प्रश्न उठ्ने गरेको छ । गभर्नरको योग्यता स्तानकोत्तर हुनुपर्ने प्रावधान रहेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ ।
 

प्रतिक्रिया