बुटवल – राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।
राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका झक्कु सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएका छन् । अन्य क्लस्टरबाट निर्वाचित माओवादी केन्द्रका सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरेका छन् ।
यस्तै, महिला क्लस्टरमा निर्वाचित भएकी कांग्रेसकी सापकोटाले ५ हजार ४३५ मतभार प्राप्त गरिन् । पराजित एमालेकी तुलसाकुमारी केसीले २ हजार ८६७ मतभार पाइन् । महिला कोटामा राप्रपाबाट उम्मेदवार बनेकी विजयालक्ष्मी सिंह २५० मतभार पाइन् ।
लुम्बिनी प्रदेशतर्फ रिक्त दुई पदका लागि आज निर्वाचन भएको थियो ।