बालेनपछि हर्क साम्पाङले गरे मतदान बहिष्कार

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
बालेनपछि हर्क साम्पाङले गरे मतदान बहिष्कार

सुनसरी –  धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । 

कोशी प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका दुई पदका लागि प्रदेश राजधानी विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान भइरहेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि राष्ट्रियसभाको निर्वाचन बहिष्कार गरेका थिए । बालेनले हेटौँडामा चलिरहेको निर्वाचनमा मत हाल्न नजाने बताएका छन् । 

प्रतिक्रिया