तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

राम्रो अनलाइन     ०४ माघ २०८०, बिहिबार
तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

सिमकोट(हुम्ला)–  चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । 

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले  बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया