तीन दिन बिति सक्दा पनि जयशंकरको शव घटनास्थलबाट उठेन

राम्रो अनलाइन     २२ पुस २०८०, आइतबार
तीन दिन बिति सक्दा पनि जयशंकरको शव घटनास्थलबाट उठेन

सर्लाही– सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिन बिति सक्दा पनि घटनास्थलबाट उठाइएको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो ।

बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । आन्दोलनमा सहभागीनै नभएको जयशंकरको मृत्यु भएपछि स्थानीयले राखेका माग पूरा नभएसम्म शव नउठाउने बताउँदै आएका छन् ।

मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेका छन् ।

प्रतिक्रिया