कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

राम्रो अनलाइन     २१ पुस २०८०, शनिबार
कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौँ– आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने  बताए । 

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेका छन् । 
 

प्रतिक्रिया