सर्लाही– सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीय नगरपालिका कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले रोकेको थियो। रोक्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । अन्य केही व्यक्ति घाइते भएका छन् ।