काठमाडौँ– सौरभ चौधरीको निर्देशनमा बनेको ‘द अन ब्रेकेबल अगस्त्य च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।
फिल्ममा नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो । फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । फिल्ममा संजय लामाको छायांकन छ ।
यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।