वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

राम्रो अनलाइन     १५ पुस २०८०, आइतबार
वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

काठमाडौं– बर्दियाको मैना पोखरबाट दंगीशरण–३ चखौरामा रहेको थारु संग्रालयमा वनभोज खानका लागि आउँदै गर्दा तुलसीपुर–१३ दमारगाउँको ओरालोमा आईतबार बिहान भे १ ख २०४१ नंं को बस दुर्घटना भएको छ ।

अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका– ३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

प्रतिक्रिया