काठमाडौं– काठमाडौँमा चिसो बढ्दै गएको छ । यही चिसो मौसममा एक दर्जन बढी सुन्दर मोडलहरूले काठमाडौँमा आयोजित एक फेसन शोमा क्याटवाक गरेका छन् । केही दिनअघि कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजना गरिएको क्रिष्टमस डे स्पेशल फेसन शोमा मोडलहरु र्याम्पमा उत्रिएका हुन् ।
क्रियटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलाजी (सीआईएफटी) को प्रस्तुतिमा आयोजित ‘फेसन फ्लायर’ मा विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता तथा व्यवसायिक मोडलहरु क्याटावाक गर्दै र्याम्पमा उत्रिएका थिए । ग्यालेक्सी इन्टरटेनमेन्टका धिरज तन्डुकारको कोरियोग्राफी रहेको उक्त फेसन शोमा मिस ग्ल्याम वर्ल्ड–२०२३ आयुषा पोखरेल, मिस एसिया–२०२३ आयुष्मा बज्राचार्य, मिस टुरिजम वर्ल्ड–२०२३ सजिना खनाल, मिस टिन युनिभर्स–२०२३ प्रतिक्षा डंगोल, मिसेस नेपाल–२०२३ सरु राज्यलक्ष्मी राणाका साथमा मोडलहरू रोजिका पौडेल, दिक्षाश्री केसी, सिर्जना केसी, सीता सुवेदी, निशा विष्ट आदि र्यमम्पमा उत्रिएका थिए । सिटी सेन्टरको पहिलो तल्लामा आयोजित शोमा मोडलहरूले समर वेयरसहितका पहिरनमा प्रदर्शन गरेका थिए ।






