आगोले जलेर ४ महिनाको शिशुको मृत्यु

राम्रो अनलाइन     १२ पुस २०८०, बिहिबार
आगोले जलेर ४ महिनाको शिशुको मृत्यु

खलङ्गा (दार्चुला)– दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए । 

प्रतिक्रिया