काठमाडौँ– ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपाली नयाँ वर्ष २०८१ मा फिल्म प्रदर्शनमा आउनेछ ।
बाँसुरी फिल्म्सको निर्माण रहेको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेर पनि बेरोजगार हुनुपरेको एक युवाको कथा पेश गर्छ । २०७१ सालमा मण्डला थिएटरमा तीनपटक ‘डिग्री माइला’ नाममा नाटक मञ्चन भएको थियो । जसलाई दयाहाङले निर्देशन गरेका थिए । नाटकले उठाएकै विषयमा आधारित रहेर फिल्म बनेको हो ।
फिल्ममा दयाहाङका साथै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । फिल्मको पहिलो चरणको छायांकन भैसकेको छ भने अन्तिम चरणको छायांकन यही पुष अन्तिमबाट सुरु हुँदैछ ।