काठमाडौं– हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा ल्हासा सिधा उडान शुभारम्भ गरेको छ । एयरलाइन्सले (डिसेम्बर ३१) पुस १५ गतेबाट काठमाडौं–ल्हासा सातामा एक उडान गर्न लागेको हो।
एयरलाइन्सले हरेक सोमबार उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको जनाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौं–ल्हसा उडानको उद्घाटन गरे । सेवा उद्घाटन गर्दै मन्त्री किरातीले यो चीन र नेपालको सम्बन्धमा नेपालको सम्बन्ध दोस्रो सेतुका रूपमा स्थापित भएको बताएका छन्।